घर तथा अफिसको मर्मत कार्य गर्न 'औजार' सुरु, कसरी लिने सेवा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 02:01:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सबै प्रकारका मर्मत सम्भार समबन्धि कार्य गर्नको लागि औजार सोलुसन स्थापना भएको छ ।  कार्यालय तथा आवास हरुमा दैनिक रुपमा आइपर्ने समस्याको समाधान गर्नको लागि कम्पनी स्थापना भएको हो 

कम्पनीले विधुतीय मर्मत, धारापानि अन्य प्लम्बिङ्ग सम्बन्धि मर्मत, घर तथा अफिस स्थित फर्निचर मर्मत का कामहरु, घर तथा अफिसको रंग रोगनका कार्यहरु, इन्टेरियर डिजाइनका कामहरु, मोडुलर किचनका कामहरु, एसी फ्रिज मर्मतका काहरु, घर पर्खाल सम्बन्धि कामहरु, ग्लास तथा आल्मुनियम पर्टेसनका कामहरु, घर तथा अफिस सरसफाईका कामहरु सम्बन्धि सेवा दिने सस्थाका सस्थापक तथा प्रबन्ध संचालक उत्सब भट्टराईले बताए। कम्पनीले अनुभबी विस्वासिलो टेक्निकलबाट सेवा दिने जनाएको छ 

कम्पनीको सेवालाई ३ बर्षभित्र उपत्यकाको हरेक घर तथा कार्यालयमा पुर्याउने र एक बर्ष भित्र पोखरा, बुटवल, नारायणघाट हेटौडामा साखा बिस्तार गर्ने लक्ष्य लिएको संचालक भट्टराईले बताए  

प्रत्यक्ष फोन, फेसबुक तथा इन्स्टग्राम  र वेबसाइट मार्फत सेवा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।  कम्पनीले भिजिट तथा इस्टिमेट चार्ज नलाग्ने, भिजिटपछि गर्ने कार्यको ग्राहकसंग छलफल गरि ग्राहकलाई सन्तुष्ट बनाइ कार्य गरे पश्चात मात्र चार्ज लाग्ने तथा मर्मत गर्दा लाग्ने सामानहरु ग्राहकको इच्छा अनुसार ग्राहक आफैले ब्यबस्था गर्न सक्ने सुविधा दिएको छ 

औजारले लिने सेवा शुल्क समय सान्दर्भिक नै हुने र मर्मतको क्रममा प्रयोग गरिने समानहरु विश्वासिलो तथा वारेन्टीवाला हुने भएकोले  ग्राहक खुसि हुनेमा आफुहरु विश्वस्त हुने संचालक भट्टराई बताउछन् । कार्य सम्पन्नपछि कम्पनीले  सरकारले तोकेको मापदण्ड भित्र रही भ्याट बिल नै प्रदान गरिने र ग्राहकले सम्पर्क गरेको एक घण्टा भित्र सस्थाको तर्फ़बाट ग्राहक हरुलाई सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।     

कम्पनीले निकट भविष्य मै विश्वस्तरिय अन्तराष्ट्रिय सस्थासंग समन्वय गरि अझ सरल अनि सहज तरिकाले सेवा दिने लक्ष्य रहेको संचालक भट्टराईले बताएका छन्

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved