एसी ब्राण्ड टेस्लाले नयाँ मोडलको उत्पादन बजारमा ल्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 05:44:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ईलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर)ले केही दिन भित्र आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ। टेस्लाका नयाँ उत्पादनमा नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भुनाथ स्तुपाका चित्र कोरिएको छ 


लामो समय देखि आयात निर्यातको काम गरिरहेको भू-लक्ष्मी ग्रुपले टेस्लाको उत्पादन तथा बिक्रि गर्दै आएको कम्पनीका सिइओ किरण आचार्यले बताए। भू लक्ष्मी ग्रुप प्राली आइएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो। टेस्ला एसीको मोबाइल एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध भएको आचार्यले बताए।

 

उर्जामैत्री उत्पदन:

कम्पनीका अनुसार उक्ता उक्त एसीमा उर्जा खपतको अनुपात ३:५३ रहेको र त्यस्ले एसी उर्जामैत्री छ भन्ने देखाउँछ। उर्जामैत्री भएका कारण बिजुलीको खपत कम भइ खर्च कम हुने बताइएको छ।

 

टर्बो मोडल:

यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ केही समय कुर्नुपर्ने समस्या नहुने जनाईएको छ । यसको टर्बो मोडलमा निर्माण गरिएकोले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक पार्ने आचार्यले बताए।

 

कोठाको तापक्रम अनुसार स्वचालित:

कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाने उक्त एसीले कोठाको परिबर्तित तापक्रम अनुसार आफै काम गर्ने कम्पनीले जनाएको छ । त्यसैले आफैले एसी मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउने जनाइएको छ ।

 

पुर्ण तामाको तार

यो नयाँ एसीमा सतप्रतिसत तामाको तार प्रयोग गरीएको आचार्य बताउँछन्। जसले गर्दा यसको चिस्यान र तापमान क्षमता उच्च रहेको छ । आचार्यका अनुसार तामाको तारको प्रयोग तुलनामा रूपमा महङ्गो भएपनि  दीर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved