डिसहोमको क्रेडिट सर्भिसको म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 01:58:48 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि १० दिनसम्म थप म्याद दिने भएको छ । कम्पनीले यसअधि शुल्क समाप्त भइसके पछि ५ दिनसम्म थप म्याद दिदै आएकोमा अहिले १० दिन पुर्याएको हो । 

यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ । उक्त प्रक्रिया झँझट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुने र सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ ।

डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टमर आइडी टाईप गरि उक्त ३२५०० मा म्यासेज पठाउनु पर्ने हुन्छ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमा प्रप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मिसकल गरेर पनि क्रेडिट सेवा लिन सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved