'ई-फार्मले गाउँका उत्पादन शहरमा अनलाईन मार्फत बेच्दै'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 04:05:36 PM मा प्रकाशित

laxmi  sunrise bank
ई फार्मले ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ । विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई-फार्मले गाउँको उत्पादन शहरमा अनलाईनबाट बेच्दै आएको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा पनि होम डेलिभरी नरोकिएको फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताएका छन् । ग्रामीण किसानका उत्पादनसँगै ललितपुरस्थित धापाखेलमा फार्म सञ्चालन गरि ताजा तरकारी र फलफूल समेत डेलिभरी गरिरहेको श्रेष्ठले बताए ।  श्रेष्ठका अनुसार फार्मले पुर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको अनादिको चामल र जेठो बुढोको चामल त्यस्तै जुम्लाको मार्सी चामल, तिते फापरको पिठो, सेतो मकै, कालो चामल, स्याउको चना, सिमिको दाल, जौको च्याख्ली, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, लोकल कुखुराको बिक्रि गर्दै आएको छ । त्यस्तै फार्मले स्ट्रबेरी, ब्लाकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्रि गर्दै आएको समेत जानकारी दिएका छन् । 

सपिङ गर्न इ फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइटमार्फत आवश्यक सामग्री अर्डर गर्न सकिने श्रेष्ठले बताए । अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने इ फार्मले जनाएको छ। बिल तिर्न ईसेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ र  विदेशमा भएकाले आफ्नो आफन्तको लागि सपिङ गर्न सकुन भनेर पे पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए।

गाउँको कोसेली’ नारा लिएको ई फार्मले किसानलाई उचित मुल्य र ग्राहकलाई गुणस्तरिय सामान बिक्रि गर्नु आफ्नो उद्देश्य  रहेको श्रेष्ठको भनाई छ। ‘ग्राहक र किसानबिच पुलको काम गर्छाैं,’ श्रेष्ठले भने, ‘धेरै जना विचौलियाले गर्दा ग्राहक किसानसम्म पुग्न सक्दैनन् भने अहिले इ फार्मको माध्यमबाट सहजै पुग्न सकिन्छ।’ वर्षौदेखि किसानले आफ्नो उत्पादनको उचित मुल्य नपाउने र ग्राहकले चर्को मुल्यमा किन्नु पर्ने समस्या तथा किसान र ग्राहक विचको विचौलियालाई निरुत्साहित गर्न इ फार्मले सहयोग गर्ने गरेको श्रेष्ठले बताए। 

हिमाली जिल्लाका खाद्य सामाग्रीहरु धेरै स्थानमा पाइने भएपनि ग्राहकले गुणस्तरिय सामाग्री नपाउने समस्या रहेको श्रेष्ठ बताउँछन्। ‘त्यहाँका सामानहरु अर्गानिक, गुणस्तरिय र तुलनात्मक रुपमा केही महंगो हुन्छ । हामी गुणस्तरमा ध्यान दिँदै सुलभ दरमा सामग्री उपलब्ध गराउने अभियानमा छौं।’ फार्मले किसानसँग जोडिएका हरेक सामाग्रीहरुलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको श्रेष्ठले बताए। आफ्नो उत्पादन ई फार्म मार्फत बेच्न चाहने किसानका लागि उक्त नम्बर '०१-५२२९१३०' मा सम्पर्क गर्न समेत फार्मले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved