गुर्जोसहितका जडिबुटी मिश्रित “सञ्जीबनी हर्बल चिया’’ बजारमा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 06, 2020 | 11:31:42 AM मा प्रकाशित

sarbottam cement

हरियाली मसला उद्योग, स्याङ्खजाले १३ प्रकारको जडिबुटी मिश्रित “सञ्जीबनी हर्बल चिया’’ उत्पादन गरेको छ । उक्त चियामा गुर्जो, हर्रो, बर्रो, तुलसी, दालचिनी, तेजपात, लेमनग्रास, जेठीमधु, चुत्रो, खयर, सुठो, अमला, सुकमेल मिसाइएको छ ।

घरेलु जडिबुटीहरु जम्मा गरी स्याङ्खजामा यस चियाको उत्पादन सुरु गरिएको हो । यस हर्बल चिया दिनँहु सेवन गर्दा स्मरण शक्तिको विकास, पुरानो खोकी तथा ज्वरो, दम, मधुमेह, उच्च रक्तचाप जस्ता रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि हुने हरियाली मसला उद्योगका अध्यक्ष प्रेम प्रसाद पौडेलले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved