रिचार्जरमा वान प्लसका २ नयाँ मोडलका स्मार्टफोन सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 10:30:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल एप रिचार्जरले वान प्लस ब्राण्डका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हबसँग सम्झौता गरेको थियो । 

भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो । अफर अन्तरगत एनआईसी एशिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रुपैंया नगद फिर्ता पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरुले तत्काल ३ हजार रुपैंया नगद फिर्ता पाउने छन् । त्यसै गरी रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रुपैंया बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ । 

कम्पनीले १२ जीबी र्याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार रुपैयाँ कायम गरेको छ भने १२ जीबी ¥याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रुपैयाँ तोकेको छ ।

भदौै २६ गतेसम्म रिचार्जर एपमा सञ्चालन हुने सेल मेलाको आकर्षणका रुपमा एमएचआई ब्राण्डकोे केएन ९५ बेबी मास्क रहेको कम्पनीले जनाएको छ । हरेक मोबाइल र इलेक्ट्रोनिक्सको खरिदमा रिचार्जरले १ हजार देखि ५  हजार रुपैंया सम्मको गिफ्ट ह्यामपर उपलब्ध गराउने जनाइएको छ ।  

कम्पनीले सेल मेलामा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने पनि जनाएको छ । एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन् । 

लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा रिचार्जरले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने जनाएको छ । ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार नाफा कमाउने उद्धेश्यले नभई असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन गराउँदै सेवाग्राहीलाई घरमै सामान उपलब्ध गराउन लागिएको हो ।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा सामान गरिद गर्न सक्ने जनाइएको छ । त्यस्तै, कोभिड सुरक्षा उपहरण, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ उपहार स्वरुप बितरण गर्ने जनाएको छ ।

रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved