
ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्स अन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ओपो ए५३लाई यही सेप्टेम्बर महिना भित्र सार्वजनिक गर्ने योजना बनाएको छ ।
ए५३ले प्रयोगकर्तालाई तिब्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाई छ ।
कम्पनका अनुसार ९०एचजेड रिफ्रेश रेट सहितको ओपो ए५३ले ९० एचजेड नियो(डिस्प्ले मार्फत प्रयोगकर्तालाई अदृतिय र सहज दृष्यानुभव प्रदान गर्छ । थ्रीडी( कभ्र्ड ईरिडसेन्ट वेभ डिजाइन सहितको ए५३मा ५ हजार एमएएच क्षमताको ब्याट्री १८वाट फास्ट चार्ज सहित उपलब्ध रहेको छ ।
‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यसमा रहेको ९०एचजेड नियो(डिस्प्लेले हाल फ्ल्यागशिप फोन्समा मात्र उपलब्ध सुविधाहरु पनि प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ । तिनका दैनिक सञ्चार तथा मनोरञ्जन लगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समय सम्म टिक्ने ब्याट्री, तिब्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचर्सहरु उपलब्ध गरिएका छन् ।’
साथै, ओपो ए५३मा रहेको सुपर पावर सेभिङ मोडले मात्र ५ प्रतिशत ब्याट्री बाँकी रहेको अवस्थामा समेत विभिन्न पावर सेभिङ उपायहरु मार्फत ब्याट्री बचत गर्ने क्षमता राख्छ । त्यसैगरी स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा मात्र २ प्रतिशत ब्याट्री खपत गर्दै ८ घण्टा सम्मको स्ट्याण्डबाई टाइम उपलब्ध गराने कम्पनीले जनाएको छ ।
उक्त फोनलाई ४जीबी मेमोरी र ६४जीबी सञ्चाय क्षमताका साथमा सार्वजनिक गरिने सम्भावना अधिक रहेको कम्पनीले जनाएको छ । फोनको मूल्यका बारेमा भने तत्काल जानकारी दिइएको छैन ।