केटीएम ब्राण्डको नयाँ मोडलका बाइक आउदै, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 11:42:39 AM मा प्रकाशित

laxmi  sunrise bank

मोटरसाइकल ब्राण्ड केटीएमले बीएस६ को नयाँ मोडल २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले पूरै तवरले अपग्रेड गरिएको केटीएमले बीएस६ को नयाँ मोडल लन्च गर्न लागेको हो । 

कम्पनीका अनुसार २०२०, केटीएम २०२० ड्यूकलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन १२९० सुपर ड्यूक—आरबाट प्रेरित छ । उक्त बाइकमा डुअल–च्यानल एबीएस र लेड डीआरएलएस जस्तो नयाँ सुविधाहरु रहेको जनाइएको छ । यसका साथै बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कूल्ड, डीओएचसी,४–भल्भ ईञ्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स, उन्नत डव्लूपी सस्पेन्शन रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले डुअल–च्यानल एबीएसकोे साथ नयाँ २०२० केटीएम २०२० ड्याक इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध गराउने जनाएको छ । जसको बजार मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ कम्पनीले तोकेको छ । 

यस्तै, कम्पनीले ८ लाख ४९ हजार ९०० रुपैयाँ बजार मूल्य तोकेर केटीएम ३९० ड्युक बाईक लन्च गर्न लागेको छ । जुन राइड–बाय–वायर, स्लीपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबीएस, टीएफटी, डिस्प्ले र लेड हेडल्याम्प जस्ता प्रिमियम सुविधाहरुको साथ उपलब्ध छ । कम्पनीले ३९० ड्यक सिल्वर मेटानिक र सेरेमिक व्हाईट कलरमा उपलब्ध गराउने जनाएको छ ।

यस्तै, कम्पनीले २५० ड्यकको मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ तोकेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved