ग्यापुको दशैं योजना: खसी, कुखुरा र हाँसको होम डेलिभरी देखि ५० लाख बढीको उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 03:55:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्यापु डटकमले दशैलाई लक्षित गरि विभिन्न योजना ल्याएको छ । जस अन्तर्गत लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ। बाजेको सेकुवा सँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ।

‘अधिकाशं मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र  तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौँ, सामाजिक सञ्जाल मार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं,’ खड्काले भने ।

दशैंमा उपत्यकामा तीन हजार खसी बेच्ने उदेश्यले ग्यापुले खसीको प्रि-बुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिलेनै खसि घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए। 

होम डेलिभरी सेवा भरपर्दो भएकोले समन्वय गरि काम गरेको बाजेको सेकुवाका संचालक चेतन भन्डारी बताउँछन् । ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इ–सेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्ने र डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध रहेको जनाईएको छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

लकडाउनकै अवधीमा स्थापना भई आक्रमक व्यापार गरिरहेको ग्यापुले छोटो समयमै चार दर्जन बढीलाई रोजगार दिन सफल भएको छ । ग्यापुले विभिन्न कम्पनी र ठुला सप्लायर्ससंग सहकार्य गरेर उपत्यकाभित्र सेवा दिइ रहेको छ। सामान बिक्री भएको ३ देखी ५ दिन भित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निशुल्क सामान डेलिभरी गरिने बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved