शाओमीका नयाँ २ वटा टीभी नेपाली बजारमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 01:14:15 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले नेपालमा नेपालीहरको महान चाड दशैंको अवसर पारेर दुईवटा नयाँ टीभी सार्वजनिक गरेको छ । कम्पनीले ५५ इन्चको मी टिभी ४एक्स र ४३ इन्चको मी एलईडी टिभी ४ए प्रो सार्वजनिक गरेको हो । 

यससंगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको जनाएको छ । कम्पनीले उक्त दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ ।

कम्पनीका अनुसार ४एक्स २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा ४के १०—बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई शाओमीको इन—हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको जनाइएको छ । 

कम्पनीका अनुसार ४एक्स गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँदछ ।

त्यस्तै ४ए प्रोे १०८०पी पूर्ण एचडी रिजोलुसनको रहेको छ । जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ । यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ । जसले डीटीएस—एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले मी टिभी ४एक्स (५५) २०२० संस्करणको बजार मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकेको छ भने ४ए प्रोको मूल्य ३९ हजार ९९९ रुपैयाँ कायम गरेको छ । 

कम्पनीले दुवै टिभीहरुका असोज ३ गतेबाट प्रि—बुकिंग शुरु हुने जनाएको छ । ४ए प्रो असोज ९ गते र ४एक्स असोज १४ गतेबाट अफलाइनमा उपलब्ध हुने जनाइएको छ  । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी दुईवटा आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved