ईजी ट्याक्सीले दशैंमा यात्रुलाई घरमा पुर्याउने, बीमाको पनि व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 07:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जानेहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ । इजी ट्याक्सीले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ्ग खुला गरेको हो । इजी ट्याक्सी मार्फत यात्रा गर्ने यात्रुहरुको  बीमा समेतको ब्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एपमार्फतनै यात्रुले आफूले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्नेछन् । जसकालागि इजी ट्याक्सीको मोबाईल एप डाउनलोड गरी काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने भन्ने सुनिश्चित गरी यात्रा अग्रिम बुकिङ्ग गरि दर्ता गर्न सकिनेछ । कम्पनीले नेपालमा नै पहिलो पटक इजीट्याक्सी नेपाल एपमार्फत ट्याक्सी बुकिङ्ग गर्न सकिने सुबिधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष संजीत पौडेलले बताए ।

‘कोभिड १९ ले गर्दा मानिसहरु सुरक्षित यात्रा गर्ने माध्यम खोजिरहेका छन् । हामीले ट्याक्सीमार्फत सहजरुपमा सुरक्षित र स्वस्थ्यरुपमा दशैंमा मानिसहरु घर जानसकुन भनेर यो नयाँ सेवा शुरु गरेका हौं । यसले भरपर्दो र सुरक्षित यात्रा गराउन हामी कटिबद्ध छौं ।’ अध्यक्ष पौडेलले भने ।

यात्रुले एपमा सम्पूर्ण यात्राको बिबरण भरेर दर्ता गर्नुपर्नेछ भने सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा म्यासेज प्राप्त हुनेछ । उक्त  म्यासेज प्राप्त भएसँगै कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ्ग सुनिश्चित गर्नेछ ।

एपबाट यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिनेछ भने यात्रुले ट्याक्सी बुक भए नभएको जानकारी र ट्याक्सी नम्बरको बारेमा समेत ट्र्याक गर्न सकिने सुबिधा रहेको छ । उक्त एपमा आवद्ध भएका ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा समेत गरिसकेको कम्पनीले जनाएको छ । 

इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढि ट्याक्सीहरु संचालनमा रहेका छन् । यसका साथसाथै कम्पनीले यस सेवालाई डिजिटल प्रविधिमा लानका लागि माछापुच्छ्रे बैंकसँग सेटलमेन्ट बैंक पार्टनरको सम्झौता समेत गरिसकेको छ । यात्रुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिन सक्ने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved