कोरियन स्वादको नयाँ चाउचाउ बजारमा, ब्राण्ड एम्बेसडरमा श्रृखंला खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 11:19:50 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा नुडल्सले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धान पछि कम्पनीले कोरियन स्वादको ‘हटपट’ चाउचाउ बजारमा सार्वजनिक गरेको हो ।

उपभोक्ताको रोजाइलाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय स्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको कम्पनीका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले भने, ‘करिव डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं। कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।’

दुई संस्करणमध्ये पहिलो ‘हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स  हो। जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ। यो खासै पिरो छैन्। यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ। त्यस्तै दोस्रो ‘हटपट टु एक्स स्पाइसी’ हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ।

टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनाइएको अध्यक्ष पाण्डेले बताए । दुई संस्करणको चाउचाउको प्याकेट सय ग्रामको रहेको छ । कम्पनीले प्रति प्याकेटको मूल्य ५० रुपैयाँ कायम गरेको छ।

‘हटपट सिरिज अन्तर्गत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाएसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ। गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीकालागि हो ।  

यसै आर्थिक वर्ष भित्र थप नयाँ फ्ल्वेरमा हटपट सिरिजका अन्य उत्पादनहरू पनि ल्याउने गरी काम भइरहेको कम्पनीले बताएको छ। यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमासमेत निर्यात गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए। कम्पनीले सफ्ट लन्चिङको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरेको हो।  

काठमाडौंको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्ट लगायत अन्य सिगंल आउटलेट मार्ट हरूमा पनि यो चाउचाउ किन्न सकिन्छ। साथै अनलाइनमा दराज डट कम, ग्यापु डट कम आदि बाट समेत किन्न सकिन्छ।

यो चाउचाउको ब्राण्ड एम्बेस्डरमा कम्पनीले पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई अनुबन्धित गरेको छ । एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ खतिवडाले भनिन् ’हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरिय छ । पहिले महँगो पैसा तिरेर अरू अन्तराष्ट्रिय ब्राण्डहरू नै खोज्नुपथ्र्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मुल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउँदै छ।’

पोखरा नुडल्ड २०४८ सालमा दर्ता भएको हो। पोखरामा अवस्थित यस उद्योगले उत्पादन भने २०५२ सालबाट सुरू गरेको हो। कम्पनीका अन्य उत्पादनहरु रम्बा, बोनस, जोजो यस नुडल्सहरु हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved