दराजको सहयात्री कार्यक्रमः २१ सय बढी उद्यमहरू व्यवसायमा जोडिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 06:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

साना र मध्यम आकारका उद्यमहरूलाइ समर्थन गर्न सुरु भएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजार बढी एमएमईहरुले दर्ता गरेका थिए । ती मध्ये २ हजार १ सय बढी एसएमईहरु दराज मार्फत व्यवसाय सञ्चालन गर्न सफल भएका छन् ।

कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म निशुल्क पहुँच प्रदान गर्यो र लगभग ५५ लाखको आर्थीक सहायता प्रदान गरेको थियो।

यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श, र द।ाज युनिभर्सिटीमार्फत इकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो। 

“सहयात्री मार्फत हामीले जति पनि सहयोग पुराउन सकेको छौँ त्यसप्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन्। एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।

अहिले दराजमा ६००० भन्दा बढी विक्रेताहरूको बढ्दो समुदाय रहेको छ र  ५ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved