अपोको एफ१७ प्रो सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 02:57:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ१७ प्रो सोमबार नेपालमा सार्वजनिक भएको हो । यससंगै कम्पनीले एन्को डब्ल्यू ५१ र ओपो वाट्च पनि सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार एफ१७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरण पनि उपलब्ध गराएको छ । एफ१७ प्रोले ट्रेन्डसेटिङ तथा महत्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षाहरु पूरा हुने विश्वास रहेको कम्पनीले जनााएको छ ।

एफ१७ प्रोमा ईन्फाइनाइट एड्ज डिजाइन, आर्टिस्टिक वालपेपर्स, ओपोज् स्क्रिन ईमेज ईञ्जिन (ओएसआईई) अल्ट्रा क्लियर भिज्यूअल ईफेक्ट र डार्क मोड लगायत फिचर्सहरु पनि उपलब्ध रहेको छ । फोनमा उपलब्ध गरिएको नयाँ डार्क मोडले उर्जा खपतमा ३८ प्रतिशतले न्यूनिकरण ल्याउन सघाउँछ । साथै, प्रयोगकर्ताले आफ्नो चाहना र आवश्यकता अनुसार डार्क टोनको समायोजन समेत गर्ने छुट उपलब्ध गरिएको छ । 

कम्पनीले नेपाली बजारमा ओपो एफ१७ प्रो अक्टोबर १ देखि सर्वत्र उपलब्ध गरिने जानकारी दिइएको छ । म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई भिन्न रंगमा सार्वजनिक हुने यो फोनमा जीबी ८ र्याम र १२८जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक भएको हो । जसको बजार मूल्य ४३ हजार ९९० रुपैयाँ रहेको छ । 

यस्तै, एफ१७ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप बृद्धि गर्दै एन्को डब्लयू५१ र ओपो वाट्चपनि सार्वजनिक गरेको छ । ओपो वाट्च, ४१एमएम र ४६एमएम गरी दूई भ्यारिन्टमा उपलब्ध हुनेछ । जसको मूल्य कम्पनीले क्रमशः २४ हजार ९९० रुपैयाँ र ३४ हजार ९९० रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, ओपो एन्को डब्ल्यू५१ को मूल्य ८ हजार ९९० रुपैयाँ रहेको छ ।

ओपो एफ१७ प्रो र वाट्च खरिद गर्न सेप्टेम्बर २८ देखि ३० सम्म प्रि(बुकिङ खुल्ला भएको छ । एफ१७ प्रो सार्वजनिक गर्न आयोजित अनलाईन लञ्च ईभेन्ट मार्फत कम्पनीले ओपो एफ१७ पनि सार्वजनिक हुने जानकारी दिएको छ । ओपो एफ१७ भने अक्टोबर ५ देखि नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्यका बारेमा भने अहिलेसम्म कम्पनीले बताएको छैन । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved