ओपोको एफ१७ प्रो नेपाल भित्रियो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 03:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपालमा बिहीबारबाट एफ१७ प्रोको विक्रि आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत एफ१७ प्रोको विक्रिखुल्ला गरेको हो । 

आइतबार एक अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१७ प्रोका साथमा एन्को डब्ल्यू५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो । नेपालमा ओपोको दोस्रो अनलाईन लञ्च ईभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुपविक्रम शाही, नयिका तथा मोडल अलिशा राईका साथै फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईको पनि उपस्थिती रहेको थियो ।

८ जीबी ¥याम र १२८जीबी सञ्चय क्षमता भएको ओपो एफ१७ प्रोको मूल्य कम्पनीले ४३ हजार ९ सय ९० रुपैयाँ तोकेको छ । यो फोन म्याजिकब्ल्यू र म्याट ब्ल्याक गरी दूई रंगमा उपलब्ध गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved