नोकिया २.४ एआई सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 05:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ एआई सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनलेको रुपमा हेरिएको यो फोन आइतबार सार्वजनिक भएको हो । जसमा नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो फोनमा ६.५ इन्च एचडी प्लस स्क्रीन, दुई दिनसम्म टिक्ने ब्याट्री, ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट जस्ता विशेषताहरु रहेको छ । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका यो मोवाईलको अर्को विशेषता हो । जसले अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न सकिन्छ ।

नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री रहेको छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नोकिया २.४ ग्रे रंगमा उपलब्ध गराएको छ । जुन २जीबी र्याम र ३२जीबी रोमका साथ उपलब्ध रहेको छ । नोकिया २.४ अब नेपाली बजारमा १४ रुपैयाँ ५९९ रुपैयाँमा दराज डट कम डट एनपी र सस्तो डिलमा खरिद गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved