सामसुङ ग्यालेक्सी जेठ फोल्ड २ को प्रि-बुकिङ्ग खुला भएको छ । फोल्ड गर्न मिल्ने यो फोन स्मार्ट डोकोमा प्रि बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रि-बुकिङ्ग गर्दा १९ हजार ९ सय ९९ रुपैयाँको सामसुङ ग्यालेक्सी बड्स लाईभ नि:शुल्क रुपमा पाइने छ । त्यस्तै, ग्राहकले एक पटकका लागि १२ महिनाको ब्रेकेज बीमा पनि पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले सो फोनको मूल्य २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । प्रि-बुकिङ्गका लागि ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम ह्यान्डसेट प्राप्त भएपछि भुक्तानी गर्नु पर्नेछ ।
स्मार्टडोकोमा प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको कम्पनीले जनाएको छ । स्मार्टडोको नेपालको ई–कमर्स प्लेटफर्म हो ।