युनाइटेड रियल लेदर जुत्ताको शो रुम खुल्यो, छठसम्म २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2020 | 06:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड टेनरिजले आफ्नो ब्राण्डको डिजाइनर जुत्ता युनाइटेड रियल लेदर लन्च गरेको छ । कम्पनीले आफ्नो पहिलो शोरुम विराटनगरमा खोलेको हो ।

 संचालक परवेज अख्तरले शोरुमको उद्घाटन गरेका हुन् । संचालक अख्तरले युनाइटेड टेनरिजले संचालनमा ल्याएको नयाँ शो–रुमले व्यवसायिक विकासमा सघाऊ पुग्ने विश्वास व्यक्त गरे । उनले काठमाण्डौको सातदोवाटो स्थीत सेल्सबेरी स्टोर, नयाँ सडक स्थीत बिसालबजार र पोखराको सेल्वेज स्टोरमा पनि छिट्टै शो रुम संचालन हुने बताए ।

निर्यातजन्य उद्योगको रुपमा स्थापित युनाइटेड टेनरिजले छाला निर्माण र निर्यात गर्दै आएको छ। सन् १९८४ मा स्थापना भएको कम्पनीले आफ्नो उत्पादनहरु अमेरिका, युरोप लगायत एसियाका राष्ट्रहरुमा निर्यात गर्दै आएको छ । कम्पनीले शतप्रतिशत नेपाली कच्चा पदार्थहरुको प्रयोग गरी छालाहरु उत्पादन गर्दै आएको हो ।  उत्पादित छालाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको र जुत्तामा छ महिनाको वारेन्टी हुने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार जुत्ताहरु जेन्स तथा लेडिज दुवैका लागि उपलब्ध रहेको छ भने दशैँ तिहार छठ अवधिभर २० प्रत्शत छुट प्रदान गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved