अब कपडा पनि किस्ताबन्दीमा, एनआईसी सहित ६ बैंकको लगानी !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 07:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोले ‘वयर नाउ पे लेटर’ अफर ल्याएको छ । ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

मिसियोले नबिल बैंक, स्टाण्डर्ड चार्टड बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरेको छ । सम्झौता अनुसार यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

आरभ मल्टिनेशनल हाउस प्रा.लि. अन्तर्गतको मिसियो शोरुम काठमाडौं नयाँबानेश्वर र सुन्धारास्थित सिभिल मलमा छ । दुवै शोरुममा मिसियो खरिद गर्ने ग्राहकले यो सुविधा प्राप्त गर्ने प्रवन्ध निर्देशक रज्जु तण्डुकारले जानकारी दिइन् । ‘शून्य प्रतिशत ब्याजदरमा ९ महिने किस्ता सुविधामा ब्राण्डेड कपडाहरु किन्ने सुवर्ण अवसर हाम्रा ग्राहकलाई मिलेको छ,’ उनले भनिन्, ‘यो अफरको भरपुर लाभ लिन म मिसियो ब्राण्ड मन पराउने सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछु ।’

सिभिल मलमा फेब्रुअरी २ बाट र नयाँ बानेश्वरमा सेम्टेम्बर २४ बाट मिसियोको शोरुम स्थापना भएको हो ।  चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । चीनमा मिसियोका ३२ वटा फ्याक्ट्री छन् भने ५ हजार भन्दा बढी स्टोर्स छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved