गोर्खा ब्रुअरीका बियर गुणस्तरहीन, 'जरिवाना' नतिर्दासम्म बिक्री वितरणमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 03:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कैफियत भेटीएपछि गोर्खा ब्रुअरीका उत्पादनलाई बिक्रि वितरणमा रोक लगाइएको छ। कम गुणस्तरका वियर उत्पादन गरेकाले गोर्खा ब्रुअरीका वियर बिक्रि वितरणमा रोक लगाईएको आन्तरिक राजश्व विभागले जनाएको छ। 

गोर्खा ब्रुअरीका सनमिंगल, टुबोर्ग, काल्सवर्ग र गोर्खा वियरमा न्युनतम हुनुपर्ने गुणस्तर पनि नभेटिएपछि विभागले गोदाम नै सिल गरिदिएको हो। विभागले गोर्खा ब्रुअरीको ४ लाख ३७ हजार बक्स वियर भण्डारण गरेको नवलपरासीस्थित गोदाम नै सिल गरिदिएको छ। 

तोकिएको र आवश्यकता भन्दा कम गुणस्तरमा ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग गरी कम्पनीले वियर उत्पादन गरेपछि गोदाम नै सिल गरिदिएको हो । गुणस्तर कम भएका वियरहरु सिल गरिएको र सोही अनुसारको अन्तशुल्क दाखिला नगरेसम्म सिल कायम रहने विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जानकारी दिएका छन् ।

‘गोर्खाले उत्पादन गर्ने सबै खालका वियरमा गुणस्तर कम भेटियो, त्यसपछि हामीले नवलपरासी गोदाम सिल गरेका छौ’, विभागका महानिर्देशक कुँवरले भने, ‘गुणस्तर कम पाईएका कारण अब अन्तशुल्क नतिरेसम्म सिल यथावत रहन्छ ।’

कनिका राखेर उत्पादन

वियरको लागि ५० प्रतिशतभन्दा बढी जौको मात्रा राख्नुपर्नेमा गोर्खा ब्रुअरीले ५० प्रतिशतभन्दा बढी कनिका राखेर उत्पादन गरेको निरीक्षणमा भेटिएको हो । विभागले गरेको निरीक्षणमा कनिका राखेर वियर उत्पादन गरेको पाईएपछि गोदाम सिल गरिएको हो । गोदाम सिल भएपछि मापदण्ड कायम गरेर उत्पादन गरिएको भनिएका वियरमा पनि विभागले सुक्ष्म अध्ययन गरिरहेको बताएको छ ।

९० करोड अतिरिक्त अन्तशुल्क माग

कानुनमा भएको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बनेको वियरमा प्रतिलिटर १६५ रुपैयाँ अन्तशुल्क लाग्छ । ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग भए प्रतिलिटर ४२३ रुपैयाँ अन्तशुल्क लाग्ने प्रावधान छ ।  

राजश्व विभागले सिल गरेको गोर्खा ब्रुअरीको गोदाममा भएको ४ लाख ३७ हजार बक्सको अतिरिक्त अन्तशुल्क ९० करोड रुपैयाँ लाग्ने भएको छ । विभागले 'जरीवाना' स्वरूप लगाएको ९० करोड रुपैयाँ अन्तशुल्क नतिरेसम्म सिल गरिएको नवलपरासीको उक्त गोदाम नखोल्ने भएको छ । 

यसबारेमा उद्योगले भने अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको र बरु मापदण्ड पूरा गरेको भन्दै नयाँ उत्पादन थालेको छ । खेतान समूह र काल्सवर्ग समूहले सन् १९८९ मा गोर्खा ब्रुअरीको सुरुवात गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved