ओपोका नयाँ उत्पादनहरु सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 06:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले सेप्टेम्बर १९ मा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

कम्पनीले ओपो एन्को एक्स टु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स, ओपो वाट्च आरएक्स, ओपो टीभी एसवान र ओपो टीभी आरवान सिरिज लगायतका साथमा आफ्नो आईओटी ईकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका नयाँ उत्पादनहरुले ओपोको आईओटी बजार पोर्टफोलियो विस्तार गर्ने रणनीतिक योजना प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।  

ओपो एन्को एक्स टु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स सार्वजनिक गर्नका लागि डाइन अडियोसंग सहकार्य गरेको हो । ईयरफोन्स ट्युनिङ डाइनअडियो ए एसका चिफ एकोस्टिक विशेषज्ञ ड्यानियल ईमोन्ट्सले गरेका हुन् । उनी अवार्ड जितिसकेका विभिन्न डाइनअडियो स्पिकर्सका एकोस्टिक डिजाइनर हुन् । 

त्यस्तै कम्पनीले टीभीका दूई सिरिज, ओपो टीभी एसवान र ओपो टीभी आरवानलाई तीन भिन्न मोडल्समा सार्वजनिक गरेको छ । ६५ ईन्चको ओपो टीभी एसवानमा फोरके क्यूलेड रिजोल्यूशन क्वानटम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ । यसमा रहेको १२० प्रतिशत अल्ट्रा(वाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेण्ट ग्राफिक्स र सहज र स्मूथ कलर ट्रान्जिशनमा सघाउँछ । यसमा रहेको १२०एचजेड रिफ्रेश रेट र भ्यारिएबल रिफ्रेश रेट (भीआरआर)ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मूथ र अझ प्राकृतिक देखाउने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved