सिजीको नयाँ वासिङ मेसिन सार्वजनिक, यस्ता छन् विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 12:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजीले विभिन्न विशेषता भएको नयाँ वासिङ मेसिन सार्वजनिक गरेको छ । कम्पनीले सोमबार विभिध विशेषता सहितको नयाँ मेसिन सार्वजनिक गरेको हो । 

यसको विशेषताहरुमा स्पा केयर, वि.एल.डि.सि. मोटर, वाटर क्युब ड्रम, स्वाईल लेबल र उलमार्क रहेको छ । कम्पनीका अनुसार स्पा केयरको सहायताले ७० डिग्रीसम्म तापक्रममा बाफ उत्पन्न गरि कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशतसम्म स्टरलाईज गर्दछ । यसमा यसमावि एलडिसि मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशतसम्मको इनर्जी बचत गर्दछ । 

त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ । यो वासिङ मेसिनमा २१ सय ९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साईजमा छन् । यो ड्रमको सहायताले कपडालाई मज्जाले मसाजगरि यसमा रहेको गाडा भन्दा गाडा दागहरुलाई सजिलै हटाउने गर्दछ । 

सो वासिङ मेसिनमा स्वाईल वास प्रोग्राम रहेको छ । जसको कारण कपडामा रहेको मैलाहरुलाई मापनगरि गहिराईमागई धुलाई गर्नेछ । यसमा तीनवटा छुट्टा छुट्टै लेबल देख्न सकिने छ । आवश्यकता अनुरुप यसलाई छानिछानि प्रयोग गर्न सकिने छ । 

जाडो महिनालाई मध्यनजर गरि यस वासिङ मेसिनमा उल प्रोग्राम पनि राखिएको कम्पनीले जनाएको छ । जसले गर्दा जाडोमा प्रयोग हुने कपडाहरुलाई सजिलै धुन सकिनेन्छ । 

उक्त वासिङ मेसिनमा कम्पनीले मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved