दराजको वार्षिक सेलः अपाचे बाईक उपहारदेखि लुडो प्रतियोगितासम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 06:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन शपिङ्ग साइट दराजले नोभेम्बरमा आफ्नो वार्षिक सेल आयोजना गर्ने भएको छ । कम्पनीले नोभेम्बर ११ अर्थात कार्तिक २६ गते ११.११ सेल आयोजना गर्न लागेको हो । 

११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजारभन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा छुट पाउने कम्पनीले जनाएको छ । साझेदार बैंकहरूको डेबिट क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छुट पाउन सकिने छ ।  जसका लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्ड हुनुपर्ने छ । 

योजनामा ग्राहकहरुले दराज वन रुपैयाँ गेमू, एड टु कार्ट एण्ड विन, मिसन ११.११, र डिएफजी लुडो प्रतियोगिता गेमहरुमा भाग लिएर पुरष्कारहरु जित्ने मौका पाउने जनाइएको छ। दराज वन रुपैयाँ गेममा महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सकिने छ भने लुडो प्रतियोगितामा थप पुरष्कार सहित १५ हजार रुपैयाँ जित्न  सकिने छ । 

साथै, शपिंग गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved