पोको ब्राण्डका नयाँ २ स्मार्टफोन नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 12:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ फोन सार्वजनिक गरेको छ । कम्पनीले पोको एम२ र पोको सी ३ नेपलामा सार्वजनिक गरेको हो । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो । यसभन्दा अगाडि सन् २०१८ मा नेपालमा पोको एफ १ सार्वजनिक गरिएको थियो ।  

पोको एम२ मा मिडियाटेक हेलियो जी८० अक्टा—कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स—ए७५ र १.८ जीएचजेडमा छ । कोटेक्स—ए५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०।१०८० रीसोलूशन र १९:५:९ को आकृति अनुपात पनि रहेको छ । कम्पनीका अनुसार कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । 

पोको एम२ मा क्वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्न र प्रयोगकर्ताहरुले आफ्ने दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । उक्त फोनमा ५ हजार एमएएच बिल्ट—इन ब्याट्री रहेको छ । 

त्यस्त, पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३  को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ,  म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ । 

५ हजार एमएएच ब्याट्री रहेको यो फो जी ३५ - ८ कोर प्रोसेसरका साथ कोटेक्स-ए५३ कोर, २.३ जीएचजेडसम्म क्लक गरिएको छ । सी३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ । ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्लेका रहेको यो फोनमा १६०० × ७२० रीसोलूशन र २०:९ को आकृति अनुपातको मज्जा उठाउन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले ६ जीबी+६४ जीबी स्टोरेज भएको पोको एम२ को बजार मूल्या १८ हजार ९९९ रुपैयाँ तोकेको छ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलरहरुमा उपलब्ध छ । ४ जीबी+ ६४जीबी स्टोरेज भेरियन्टमा भएको एम२को मूल्य भने १४ हजार ९९९ रुपैयाँ रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved