भिभोको नयाँ स्मार्टफोन सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 11:23:38 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड भिभोले नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले भि२० सिरिज अन्तर्गतको भिभो भि२० एसई नेपाली बजारमा भित्र्याएको हो । 

कम्पनीले युवापुस्ता र फेशनलाई ध्यानमा राख्नेलाई लक्षित गरि भि२० एसई निमार्ण गरिएको जनाएको छ । जसमा क्यामेरा र डिजाईन आर्कषक रहेको कम्पनीले उल्लेख गरेको छ । भि२० एसईमा ३२ एमपी सुपर नाईट सेल्फिक्यामेरा रहेको छ । जसले राती वा अध्याँरोमा पनि स्पष्ट तस्बिर खिच्दछ । यस फोनमा ३३ वाट फ्लाश चार्ज क्षमता रहेको छ । 

भिभो२० एसई ग्रयाभिटी ब्लयाक र अक्सिजन ब्लुमा उपलब्ध रहेको छ । ८ जिबी र्याम र १२८ जीबी रोमले रहेको यस फोनमा ४१०० एमएच व्याट्रि रहेको छ । कम्पनीले यस फोनको बजार मूल्या ३९ हजार ९९९ रुपैयाँ तोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved