फुडमाण्डु ११औँ वर्षमा, १० वटा स्टार्टअपसँग सहकार्य गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 11:35:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डु ११ औ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीसँग १० दिनसम्म सहकार्य गर्ने जनाएको छ । 

कम्पनीले सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीसँग सहकार्य गर्ने लागेको हो । जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई र्सप्राईज दिने योजना रहेको कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले बताएका छन् ।

त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफेनो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । 'यस प्रकारको कार्यले नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृदी हुने पनि आशा लिएका छौ' कम्पनीका संस्थापक मनोहर अधिकारीले भने ।

कम्पनीले यस अवसर पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जस अन्तर्गत कम्पनीले २५ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ । साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा ५०० सम्म क्यास ब्याक पाउने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved