बलिउड चलचित्र“सुरज पे मंगलभारी” डिशहोममा हेर्न सकिने भएको छ । कार्तिक ३० गते रिलिज हुने चलचित्र “सुरज पे मंगलभारी” पे पर भ्यू सुविधामार्फत डिशहोममा हेर्न पाईने भएको हो ।
उक्त चलचित्र डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९मा हेर्न सकिने डिशहोमले जनाएको छ । सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा चलचित्र दैनिक ६ बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ७ र राती १० बजे हेर्न सकिन्छ ।