ज्योति ग्रुपले “द ब्रुकलेन क्रिमरी” आइसक्रिम नेपाल भित्र्याएको छ । कम्पनीले जिएफपिएल सँग साझेदारी यो आइसक्रिम नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।
नेपालभर डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाईमा पु¥याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको कम्पनीले जनाएको छ ।
ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा आइतबार यो आइसक्रिम कम्पनीले लन्च गरेको थियो ।