हरेक महिना बरदानको लास्ट थस्डे सेल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 11:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले “लास्ट थस्डे सेल” लिएर आएको छ । हरेक महिनाको अन्तिम बिहीबार (बुधबार राति १२ बजे देखि) लास्ट थस्डे सेल बरदानमा सुरु हुनेछ ।

उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुहरु लगायत अन्य धेरै अफरहरु हुनेछन् । साथै महिनाभरी सपिङ गर्ने ग्राहकले विभिन्न गिफ्ट ह्याम्पर अन्तर्गत ५ जनाले परडिसो रेष्टोबाट फुड कुपन, ५ जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, १ जनालाई आकाशमा अल्ट्रा फ्लाईट, बगैचामा ५ जना लाई सौना्स्टिम, बरदानको तर्फबाट २ जना लाई स्पेसल गिफ्ट ह्याम्पर त्यस्तै  समानहरुमा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।  

चाड पर्बहरु सकिएपनि उत्सव अझै सकिएको छैन भन्ने उद्देश्यका साथ सो अफर ल्याइएको बरदानका कार्यकारी प्रमुख सन्जिव पौडेलले जानकारी दिए ।

उक्त सेल २४ घण्टाको लागि मात्र हुनेछ । उपभोक्ताले बरदानको आधिकारिक वेबसाइटमा आफूले चाहेको सामान अर्डर गर्न सकिने छ । साथै, फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । 

ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै सार्वजनिक गरिने निर्देशक वैभव पौडेलले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved