नेपालमा स्मार्टफोन ब्राण्ड वानप्लस रिलन्च हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 12:13:13 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जी समेत नेपाली बजारमा आउने भएको हो ।

वानप्लसका लागि आधिकारीक विक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् मार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ । गत बर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा नयाँ स्मार्टफोन बजारमा ल्याएको थियो ।  

नेपाली उपभोक्ता माझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिजलाई नेपालका लागि आधिकारीक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाई हाँसिल गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । क्रेटोस टेक्नोलोजिजको देशव्यापी वलियो वितरण संजाल र प्रतिबद्ध विक्री पश्चातको सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने अवस्थाको विकास भएको छ ।

२०७७ साल मंसिर २४ गतेबाट प्रि–वुकिङ्ग शुरु गरिएको वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिजले मंसिर २९ गते देखि बजारमा ल्याउने छ भने सोहि दिनबाट प्रि–वुकिङ्गकर्ताले डेलिभरी प्राप्त गर्न शुरु गर्नेछन् । अनलाईन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोर मार्फत वानप्लसको प्रि–वुकिङ्ग गर्न सकिनेछ ।

वानप्लस फोनका बिशेषता र मूल्य निम्नानुसार छन्:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved