स्मार्टडोकोको नयाँ भर्सनको एप पुन: लन्च हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 10:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस ग्रुपको लगानीपछि इ-कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरि पुनः लन्च गर्ने भएको छ । नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड्” पनि ल्याएको छ । उक्त अफर अन्र्तगत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । 

यस्ता छन् कम्पनीका अफरहरुः 

स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाइने छ । (न्युनतम् अर्डर भ्यालु २५ सय रुपैयाँ हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागु हुनेछ)

सेलपपेबाट रकम भुक्तानी गर्दा एक हजार लोयल्टी पोइन्टस् क्यासब्याकको रुपमा पाइने छ र नेपालभर निःशुल्क डेलिभरी हुने छ । (यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्) 

ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाइने ।

हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा  १००० रुपैयाँको सिमा हुने छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा १००० रुपैयाँको सिमा हुने छ । (न्यूनतम् अर्डर २००० रुपैयाँको हुनुपर्ने छ)

माछापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा ५०० रुपैयाँको सिमा हुनेछ ।  

सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइने छ ।

हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाइने छ । (ब्राण्डहरु: मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ)

१ रुपैया गेम (१ भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउने)

२५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजे सम्म अर्डर गर्नेलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध हुने ।

फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved