ओपोको ए १२ मोबाइलको मूल्य घट्यो, अब कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 03:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १८ हजार ५९० मूल्य रहेको उक्त फोनमा १ हजार कटौतीका साथमा अब कम्पनीले १७ हजार ५९० मा उपलब्ध गराएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रङमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

ओपो ए१२ ३जीबीको यो फोनमा ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९ प्रतिशत छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि(टच, ईन(सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री ।

ओपो ए१२ ३जीबीमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच(टू(फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी÷सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी ¥याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved