पोखरामा फुडमाण्डूको सेवा सुरु, जनवरी भरी ३० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 09:16:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए ।

उनले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौँबाहिर पहिलोपल्ट पोखराबाट सेवा विस्तार गरिएको बताए । उनले भने “गुणस्तरीय सेवासहित हामी आएका छौँ, अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डूका खानेकुरा अर्डर गर्न सक्नुहुनेछ ।”

मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको र यसलाई विस्तारै बढाउँदै लगिने छ । कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेदेखि नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाए पनि कोभिड–१९ लगायत कारणले विस्तारमा ढिला भएको जानकारी दिए । “हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने लक्ष्य लिएका थियौँ तर कोभिड–१९ का कारणले आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो”, उनले भने ।

अधिकारीले सन् २०१० देखि शुरु गरिएको फुडमाण्डूको अनलाइन सेवाले ग्राहकको मन जित्दै गएकाले अब देशका अन्य स्थानबाट पनि सेवा दिने योजनानुरूप काठमाडाँैबाहिर पोखराबाट शुरु गरिएको बताए । उनले सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षका रूपमा अघि बढाउने योजना रहेको बताए ।

सेवा विस्तारको अवसरमा फुडमाण्डूले पोखरेलीलाई जनवरी ३१ सम्म ३० प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved