महिन्द्रा केयर फेस्टमा गाडीको निशुल्क चेकजाँच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 09:30:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले देशव्यापी महिन्द्रा केयर फेस्ट​ आयोजना गर्ने भएको छ​।  कम्पनीले पुस २६ गतेदेखि माघ २ गतेसम्म फेस्ट आयोजना गर्न लागेको हो। 

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक ​उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड​–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने उल्लेख गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved