अशोक लेलैण्डको ‘मेघा विन्टर सर्भिस क्याम्प’ सुरु, के के छन् छुट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 06:48:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ सुरु गरेको छ । कम्पनीले देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आजबाट क्याम्प सुरु गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने छन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमा ग्राहकले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुने छ । आइएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved