रबिन्द्र भट्टराईको 'सेयर मन्त्र' पुस्तक बजारमा, विभिन्न प्रकारका भ्रमलाई चिर्ने दावि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 10:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर बजार विश्लेषक रविन्द्र भट्टराइले सेयर मन्त्र नामक सेयर बजार सम्बन्धि नया किताव बजारमा ल्याएका छन । २०७७ माघ ४ गते आइतवार आमाको हातबाट फेसवुक मार्फत भट्टराइले किताव सार्वजनिक गरेका हुन । 

यो कितावले सर्वसाधारणमा सेयर बजार सम्बन्धि रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराइले दावि गरेका छन। जस्तो सेयर बजारमा पैसा बनाउन निकै चलाख हुनु पर्छ भन्ने एउटा भ्रम छ । त्यस्तै सेयर र जुवाका बारेमा अर्को भ्रम रहेको छ । पोर्टफोलियो बनाउने कुरामा भ्रम छ । बजार घट्दा जोखिम हुन्छ भन्ने भ्रम छ । त्यस्तै महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन र लगानी भनेको पुरुषले गर्ने हो भन्ने अर्को भ्रम पनि रहेको छ । 

लगानीकर्ता वा सेयर बजारमा यस्ता अनेकौ भ्रमहरु रहेका छन । जस्लाई चिर्न, लगानी प्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्र हरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ । 

भट्टराइका अन्य पुस्तक भन्दा यो पुस्तक विल्कुलै फरक भएको उनले बताएका छन । भट्टराइले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयर बाट करोडपति जस्ता सेयर बजार सम्बन्धि पुस्तकहरु लेखि सकेका छन् । त्यस्तै सेयर बजार सम्बन्धि आशा नामको चलचित्र निर्माण र दोहोरि गित समेत ल्याएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved