ओपोको नयाँ मोबाइल बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 09:53:30 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । मोबाइलमा एआई ट्रिपल क्यामेरा र ६.५२ इन्चको स्क्रिन छ ।

“उपभोक्ताको मोबाइल लाइफस्टाइलका लागि आवश्यक हरेक फिचर्स उपलब्ध गराउने ओपो ए१५ सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । “ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२”को ठूलो स्क्रिनमा एचडी+को मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजन संग निरन्तर सम्पर्कमा रहिरहनपनि उत्तिकै सहयोग गर्नेछ ।”

मोबाइलमा ३ जीबी र्यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा(कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँने कम्पनीले जनाएको छ ।

फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचरपनि उपलब्ध छ । एकदिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री रहेको यस मोवाइलमा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचरपनि उपलब्ध छ । 

माघ ५ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीले मोबाइलको बजार मूल्य १८ हजार ५ सय ९० निर्धारण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved