घर र कोठा भाडामा लिन र दिन अब मोबाइल एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 06:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

घर र कोठा भाडामा लिने र दिने व्यक्तिहरु अब मोबाइल एपमार्फत नै खोज्न सकिने भएको छ । सूचना प्रविधिमार्फत नव प्रवर्तन र सिर्जनशील उद्यमशीलताका सक्रिय युवा शरद चन्दले रेन्टास्टिक नामक मोबाइल एप्लिकेशन निर्माण गरेका हुन् ।  

रेन्टास्टिक एप मोबाइलको प्लोस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । यो एपले पहिलो चरणमा काठमाण्डौँमा भाडामा कोठा तथा फ्लाट खोज्न मद्दत गर्नेछ । एप विकासकर्ता चन्दले बिचौलीयाहरुको ठगिबाट आम नागरिक अब मुक्त हुने विश्वास लिएका छन् । 

‘मैले काठमाण्डौँमा कोठा खोज्न धेरै दुःख पाए । फेसबुक ग्रुपमा आफु बस्नको लागि कोठा खोजिरहँदा म जस्तै अरू मान्छेहरू पनि कोठा वा फ्ल्याट खोज्न अप्ठ्यारोमा परेको थाहा पाए’, शरद भन्छन् ।

यो एपमा बहालमा बस्न चाहनेले मात्र हैन घरमुलिहरूले पनि आफ्नो घर र कोठा भाडामा छ भन्दै विज्ञापन पोष्ट गर्न पाउने छन् । आफूले चाहेको स्थानमा आफूलाई मन परेको  र आवश्यकता भएको घर  फिल्टर गरी खोज्न सकिनेछ । घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइज एप बाट नै थाहा पाउन सकिने भएको छ । घरमुली र कोठा खोज्नेको बीच कुराकानी र जानकारी आदानप्रदान गर्न पनि एपबाट नै सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved