भायानेटले ल्यायो मासिक किस्ताबन्दीमा सेवा लिन सक्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 02:54:00 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अफर ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी मासिक किस्ताबन्दीमा सरलरुपले शुल्क तिर्न सक्ने छन् । 

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई १९५६ तिरेमा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १२ महिनाको अवधिको ३० एमबिपीएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित ईएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमितरहेको र छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved