गल्फ लुब्रिकेन्ट्सद्वारा आधिकारिक बिक्रेता सुबुरा इम्पेक्सलाई भितारा ब्रिजा गाडी प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 11:49:47 AM मा प्रकाशित

laxmi sunrise bank

गल्फ लुब्रिकेन्ट्सको लागि नेपालको लागि आधिकारी उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एडभान्स क्लब स्किम अन्तर्गत आधिकारिक बिक्रेतालाई गाडी प्रदान गरेको छ।

लुब्रिकेन्ट्सले बालाजु स्थित सुबुरा इम्पेक्सलाई भितारा ब्रिजा (१५०० सिसि) गाडी प्रदान गरेको हो। सुबुरा इम्पेक्स लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो। नेपाल ल्युब आयलका डेपुटी जेनेरल म्यानेजर दिवाकर मिश्रले सुबुरा इम्पेक्सका प्रोपराइटर रामेश्वर घिमिरेलाई उक्त गाडी हस्तान्तरण गरे।

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६/२०७७ तथा २०७७/२०७८ को २ वर्षको आवधि भित्र आफ्ना बिक्रेताहरुले लक्ष्य पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा न्भ्इ तथा म्भ्इ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ । सुबुरा इम्पेक्सले कुसुम इन्टरप्राइजेज प्राइभेट अन्तर्गत रही काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएकोे छ । वालाजुमा कार्यलय रहेकोले विगत ३ वर्ष देखी गल्फ लुब्रिकेन्ट विक्री गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved