भ्यालेन्टाइनमा स्मार्टडोकोबाट सामान किन्दा अफरै अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 06:58:37 PM मा प्रकाशित

laxmi sunrise bank

हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिगं पोर्टलले  भ्यालेन्टाइन्स्को अवसरमा डोको भरी माया नामक अफर ल्याएको छ । कम्पनीले यस अफर मार्फत ग्राहकहरुलाई विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने ब्यवस्था मिलाएको जनाएको हो  ।

 यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरु मध्ये १० जना जोडीहरुलाई विभिन्न अफर हरु प्रदान गरिने कम्पनीले जनाएको छ । जस अनुसार एक जोडीलाई  भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर, दुई जोडीलाई  भोजघर  गैरीधारामा, क्याण्डल लाइट डिनर, २ जोडीलाई  होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज, तीन  जोडीलाई  होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर, र दुई  जोडीलाई  किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा प्रदान गरिने कम्पनीले जनाएको हो  ।

कम्पनीका अनुसार १००० भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ ।  साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ । यो सुविधा १४ फेवु्रअरी सम्मलाईमात्र लागू रहने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved