विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी निर्माण गरिएको वृतचित्रमा नेपाली युवा शन्तोष पाण्डेको कथा पनि समावेश भएको छ । नेशनल जियोग्राफी डकुमेन्ट्री फिल्मले निर्माण गरेको वृतचित्र ‘वन दि रुम’ मा नेपाली युवा उद्यमी पाण्डेको उद्यमी यात्राको कथा समावेश भएको हो ।
पाण्डे नेपालमा पहिलोपटक surprise planning तथा gifting सेवा भित्र्याउने कम्पनी Offering Happiness Pvt. Ltd. का सह-संस्थापक हुन् । सो कम्पनीले आफ्नो वेवसाइट मार्फत विगत ४ वर्ष देखि देश विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच gift तथा surprise आदान प्रदान गर्ने सेवा दिँदै आएको छ ।
Emmy Award विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टर द्वारा निर्देशित सो वृतचित्रको trailer फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले Global Student Entrepreneurship Award Finals का लागि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा Disney+ मा सार्वजनिक हुने छ ।