रिचार्जरको भ्यालेन्टाईन अफर: ६ हजारमै पोखरामा हेलिराइडको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2021 | 06:26:15 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैंयामा पोखरासम्मको हेलि राइड पाउने अफर ल्याएको हो । 

अफरमा सहभागि हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ ।  यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ । 

साथै भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटप लगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुट समेत प्रदान गरिने रिचार्जरले जनाएको छ । कमजोर आर्थिक अवस्था भएकाहरुले रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामानहरु खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरुले पनि भ्यालेन्टान अफरका छुटहरु पाउने छन् । सबै अफरहरु भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ ।

विभिन्न किसिमका सेवाको बिल समेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ भने अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved