अटोमोबाइलको क्षेत्रमा एक दशक भन्दा बढी अनुभव भएका बिमल पौडेल र बिनोद अधिकारीले इन्जिन टु मुफ्लर्स (इ टु एम) अटो पार्ट्स सुरु गरेका छन्। अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा)का सचिब अनुप बरालले काठमाडौको बसुन्धरामा रहेको आउटलेट उद्घाटन गरेका हुन् ।
सचिब बरालले 'जेन्युन पार्टस' बिक्रिकालागि इ टु एम सुरु गरिएकोले यसको भविष्य राम्रो भएको बताए। मारुति सुजुकी, हुन्डाइ, ड्याट्सन लगायतका गाडीहरुको 'जेन्युन' पार्टपुर्जा सुपथ मुल्यमा उपलब्ध गराउने र देशैभर ट्रान्स्पोर्ट मार्फत डेलिभरी गर्ने उद्देश्यले इ टु एम सुरु गरिएको संचालक बिमल पौडेलले बताए।
काठमाडौं बाहिरका ग्राहकले सामान्य पार्टपुर्जाको अभावमा हप्तौ सम्म गाडीको मर्मत हुन नसकी प्रयोग गर्न नपाउने अवस्थाको अन्त्य इ टु एमले गर्ने पौडेलको दाबी छ। साथै पन्ध्र सय बर्गफिटको गोदाम मार्फत होलसेल बिक्रि सुरु गरिएको र बदलिँदो सपिङ परिदृश्यलाई मद्यनजर गर्दै इ टु एमले छिट्टै अनलाइन मार्फत बुकिङ लिएर डेलिभरी दिने योजना बनाएको सन्चालक बिनोद अधिकारीले बताए।