महिन्द्राले प्रदेश नं २ स्थित बारा जिल्लाको जीतपुर–सीमरा उपमहानगरपालिकामा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रा. लि.ले सर्भिस सेन्टर स्थापना गरेको हो ।
सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल र बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले उक्त सर्भिस सेन्टर उद्घाटन गरेका हुन् ।
बारा र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु¥याएर कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्यले सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।