औजार सोलुसनले पहिलो पटक राजधानी बाहिर शाखा संचालनमा ल्याएको छ । कम्पनीले प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि बुटवलमा शाखा संचालनमा ल्याएको हो । शाखाको भर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो ।
बुटवल शाखाको शाखा प्रबन्धकको रुपमा स्थानीय युवा ब्यवसायी केशब राज पाण्डे रहेका छन् । बुटवलमा शाखा खोल्दा आफुहरु निकै हर्सित भएको औजारका प्रबन्धक तथा बजार व्यवस्थापक अजय कुमार त्रिपाठीले बताए ।
कम्पनीका प्रबन्ध संचालक उत्सब भट्टराईले चैत्र भित्रै पोखरामा पनि शाखा संचालन गर्ने बताए । प्रबन्ध संचालक भट्टराईका अनुसार स्थापनाको छोटो समय औजार प्रत्यक्ष रुपमा १२ तथा बाह्य रुपमा ४५ गरि ५७ जनाको परिवार भएको छ । गत असोज १ गते देखि व्यवसायीक रुपमा कार्य थालेको औजारले हाल २० भन्दा बढी सेवा प्रदान गरिरहेको भट्टराईले बताए ।
कम्पनीले कार्यालय तथा आवासहरुको मर्मत तथा सम्भार सम्बन्धि सम्पूर्ण कार्य गर्दै आएको छ।