लुक्सकार्टको तेस्रो आउटलेट दरबारमार्गमा, चस्माका पारखीलाई सुविधै सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 12:37:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भेराइटी भेराइटीका चस्मा बिक्री गर्दै आइरहेको लुक्सकार्टले दरबारमार्गमा आटलेट खोलेको छ । चारखाल र न्यूरोडको बिशाल बजारमा आउटलेट खोलिसकेको लुक्सकार्टले विश्वका चर्चित प्रिमियम ब्रान्डहरुदेखि सस्ता चस्मा बिक्रि गर्दै आएको छ । 

तीन युवाहरु विशाल प्रतिक, हरिस चौधरी र निर्पेश तन्डुकारले सन् २०१५ मा चारखालमा पहिलो शोरुम खोलेर सुरु गरेको व्यवसाय अहिले क्रमशः विस्तार भईरहेको छ । 

सञ्चालक हरिस भन्छन्, ‘अहिले हामी अथेन्टिक, प्रिमियम क्वालिटी र बजेट फ्रेन्डी चस्माहरु बिक्री गर्दै आएका छौँ, हाम्रो उद्देश्य सबै खालका ग्राहकलाई क्याचअप गर्नु हो ।’

लुक्सकार्टले विशेषज्ञबाट आँखा जाँच गरेर पावरवाला चस्मा पनि बनाईदिने गरेको छ । फेसेनेवल तथा पावरफुल चस्मा र आइलेन्स पाइने गरेको छ । सञ्चालक निर्पेश तन्डुकारका अनुसार बिशाल बजारमा डेढ महिना अगाडि आउटलेट सञ्चालनमा ल्याइएको हो ।

लुक्सकार्टले विश्वका चर्चित ब्रान्डहरु टम हार्डी, ग्रे ज्याक, भोगा, रेबन, डिक्ने, गेस, टमफोर्ड, वक्ली, प्रडा, गुच्ची, अर्मानी जस्ता चस्मा बिक्रि गर्दै आएको छ । यी चस्माको मूल्य ८ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ । 

लुक्सकार्टले चस्माको ५ प्रकारका लेन्स पनि बिक्री गर्दै आइरहेको छ । टम हार्डी, जेइस, इसिलर, सिंकोनीलगायत ब्रान्डका चस्माको लेन्स पाइन्छ । यीको मूल्य न्यूनतम ५ हजारदेखि ६६ हजारसम्म पर्छ । भर्खरै खुलेको दरबारमार्गको आउटलेटबाट इटाली, युएस, चाइना, जर्मनी, यूकेलगायत मलुकका ब्रान्डहरु बिक्री भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved