घट्यो रियलमी ६ आइको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 07:43:49 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो । 

‘मिडियाटेक हेलियो जी८०’प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो । जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ ।

‘हेलियो जी८०’को प्रोसेसरका कारण यस श्रेणीको मोबाइल फोनमा विशिष्ठ ठहरिएको यो फोन किन्न चाहने नयाँ ग्राहकले ४÷१२८ जीबी भेरियन्टमा रू. २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसमा अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ । यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको छ । मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्दछ जसले गुणस्तरीय तस्वीर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउँछ ।  

४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ । जसको परिणाम स्वरुप उत्कृष्ट फोटो÷भिडियोको अनुभूति ग्राहकहरुले गरिरहेको सर्वविदितै छ । ६.५ इन्च एचडी प्लस सानो ड्रप स्क्रिन डिस्प्लेका साथ उपलब्ध यो फोन‘द्यु ड्रप डिस्प्ले’भन्दा ३०.९ प्रतिशत सानो छ । यसमा राखिएको पूर्ण स्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहे जस्तो शानदार अनुभूति प्रदान गर्दछ । ५ हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने त्रिपल सुरक्षाको विशेषता यसमा रहेको छ । 

दुर्लभ स्प्रे कोटिङ प्रक्रिया अपनाएर सयौँपटक सफा गरिएको रियलमी ६ आईको डिजाइन नाओटो फुकसावाबाट प्रभावित छ । जसको परिणाम स्वरुप फोनको पछाडिको भाग चम्किलो देखिन्छ । यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमाउपलब्ध छ । 

रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । रियलमी ६ आईको मूल्य घटेपछि अब नेपाली बजारमा यो फोन २३ हजार ९९० मै उपलब्ध हुने भएको छ । 

२०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता ५० करोड नाघेका छन् । कम्पनीका संसारभर चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ३० वटा ठूला बजार रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved