नेपाली बजारमा आईप्रोका फिचर फोन, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 01:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन । 

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको जनाएको हो । कम्पनीका अनुसार आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् । 

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो, जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् । कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजार भन्दा बढी जनशक्ति कार्यरत छन् । यसले गर्दा नै आईप्रोले विश्व स्तरीय बारफोन उत्पादन गर्न सफल भएको छ । 

अमेरिकी र यूरोपेली बजारमा आईप्रोका फोनहरु निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

आगामी दिनमा आईप्रोका धेरै मोडलहरु समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ ।  भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्ड वाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्री–वितरण गरिरहेको छ । 

नेपाली बजारमा आईप्रोका फिचर फोनहरु ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved