अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरिएको बताइन् ।
महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालको भनाई छ । पठाओ नेपालमा हाल करिब १ हजार ६ सय महिला राइडर आवद्ध छन् । जसमध्ये करिब ३ सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३० हजार रुपैयाँ छ ।
सम्मान कार्यक्रममा महिला राइडरहरुले अनुभव आदन प्रदानसमेत गरेका थिए ।